
विराटनगर । विराटनगरमा सञ्चालित अन्तरसञ्चार गृह फुट्सल प्रतियोगितामा संगालाेखबर अनलाइन मिडियाले विजयी सुरुवात गरेको छ। विराटनगरस्थित जेएनएल फुटसलमा आज बिहान भएको उद्घाटन खेलमा नेपाल टाइम्सलाई १-० गाेलले पराजित गर्दै संगालाेखबर क्वाटरफाइनल प्रवेश गरेको हाे ।
खेल सुरुवातकाे ५ मिनेटमै संगालाेखबरका संवाददाता प्रज्वल कटेलले गरेको एकमात्र गोलनै टिमलाई जित दिलाउन पर्याप्त बन्यो । संगालाेखबरका सञ्चालक रविन कटेलकाे नेतृत्वमा मैदान उत्रिएकाे संगालाेखबरले मैदानमा उत्कृष्ट प्रदर्शन गर्यो । सम्पादक लिलावल्लभ घिमिरेकाे नेतृत्वमा रहेकाे नेपाल टाइम्सले राम्रो खेल प्रदर्शन गरेपनि गाेल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

विराटनगरस्थित ब्रेकिङ नेपाल न्यूजकाे प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा विराटनगरका १४ मिडियाका टिमबीच प्रतिष्पर्धा हुदैछ । अब संगालाेखबरले सेमिफाइनल प्रवेशका लागि भित्रकाेखबरसँग प्रतिष्पर्धा गर्नेछ ।
प्रतियाेगिताकाे दाेस्राे खेलमा आवर विराटनगरलाई १-० गाेलले पराजित गर्दै भित्रकाेखवर क्वाटरफाइनल प्रवेश गरेको हाे ।

प्रतियाेगिताकाे विजेता र उपविजेतालाई ११ गते विशेष समाराेहकावीच नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने ब्रेकिङ नेपाल न्यूजका सञ्चालक मीनकुमार नवोदितले जानकारी दिए ।










गोमा ढुंगाना/संगालोखबर 













