संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङको जहदाबाट प्रहरीले कारमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरिएको १० किलोभन्दा बढी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-६ स्थित पोखरीया चोकमा चेकिङ गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको बा ५ च ६७०६ नम्बरको कार र चालकलाई गाँजासहित नियन्त्रणमा लिएकाे हाे ।

चेकजाँचका क्रममा कारको सिटमुनि सेतो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १० किलो १९२ ग्राम गाँजा फेला परेको माेरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

गाँजा भेटिएसँगै कार चालक धनकुटाको सहिदभूमि गाउँपालिका-३ छिन्ताङका १८ वर्षीय बाबुराम मग्रातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरिएकाे छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!