संगालोखबर


विराटनगर । विराटनगर-१० मा अवस्थित पूर्वी नेपालको अग्रणी स्वास्थ्य संस्था न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले २६ औँ वार्षिकोत्सवको अवसरमा विशेष स्वास्थ्य छुट अफर सार्वजनिक गरेको छ ।

हस्पिटलले भदौ ७ गतेदेखि १३ गतेसम्मका लागि निःशुल्क ओपीडीसँगै विशेष छुट योजना सार्वजनिक गरेको हो । यस्तै वार्षिकोत्सवका अवसरमा अस्पतालले आन्तरिक खेलकुद कार्यक्रमको घोषणा गरेको छ ।

न्यूरोले ‘आशा, उपचार र मानवताको यात्रा’ भन्ने मूल मर्मका साथ विगत साढे दुई दशकदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हस्पिटल प्रशासनका अनुसार २६ वर्षसम्म निरन्तर विश्वास र साथ दिएका सेवाग्राहीहरूप्रति आभार व्यक्त गर्दै ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क ओपीडी परामर्श सेवा उपलब्ध गराइनेछ ।

साथै, सोही अवधिभर सम्पूर्ण ओपीडी जाँचहरू मा २५ प्रतिशत छुट दिइने हस्पिटलले जनाएको छ । कर्मचारीहरूबीच आपसी एकता तथा भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले हस्पिटलले ‘न्यूरो युनिटी कप २०८३’ मैत्रीपूर्ण फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

हस्पिटलका अनुसार २४ सै घण्टा स्वास्थ्य सेवामा खटिने चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीहरूबीच शारीरिक स्फूर्ति र सकारात्मक ऊर्जा कायम राख्न खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!