संगालोखबर


विराटनगर । डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी भुवन पौडेललाई बिहीबार साँझ घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित कार्यालयबाटै नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय पुगेको अख्तियारको टोलीले कार्यालयमै निगरानी बढाएको थियो ।

पौडेलले एक सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै रकम लिएको आरोप छ । यस बारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!