
विराटनगर । युवा उद्योगी तथा व्यवसायीहरूलाई एकै ठाउँमा जोड्दै नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले चितवनमा ‘कनेक्टिङ रोड्स’ कार्यक्रम हुने भएको छ ।
नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च कोशी च्याप्टरको आयोजना तथा सहजीकरणमा भदौ ५ देखि ७ गतेसम्म कार्यक्रम सञ्चालन हुन लागेको हो ।
‘सम्बन्ध जोडौँ, अवसर सिर्जना गरौँ’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा सिएनवाईईएफका चार वटा च्याप्टरहरू कोशी, बागमती, लुम्बिनी र वीरगञ्जका प्रतिनिधि युवा उद्यमीहरूको सहभागिता रहनेछ ।
युवा उद्यमीहरू बिच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान र व्यावसायिक क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको कार्यक्रममा सवारी र्याली, व्यावसायिक नेतृत्व सम्बन्धी कोचिङ सेसन, टिम बिल्डिङ गतिविधिहरू तथा नेटवर्किङ सेसनहरू समावेश गरिएको छ ।
कार्यक्रमले मुलुकभरका युवा व्यवसायीहरूलाई एक ठाउँमा ल्याएर सकारात्मक प्रभाव पार्ने र नयाँ व्यावसायिक सम्भावनाहरू पहिल्याउन मद्दत पुर्याउने विश्वास लिइएको कोशी च्याप्टरका सदस्य धड्कन कटेलले जानकारी दिए ।

संगालोखबर 













