
विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली काँग्रेस प्रतिपक्षी कित्तामा उभिएको छ । काँग्रेसले नेकपा एमालेको संयुक्त सरकार हुँदा दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षी कित्तामा उभिएको हो ।
बुधबार बसेको काँग्रेस संसदीय दलको बैठकले सत्ता सहयात्रा टुङ्ग्याउँदै अबदेखि प्रतिपक्षी बेन्चमा बस्ने औपचारिक घोषणा गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने अन्तिम तयारी गरिरहेका बेला काँग्रेसको यो निर्णय आएको हो ।
मुख्यमन्त्री कार्कीले काँग्रेसलाई समर्थन कायमै राख्न आग्रह गरे पनि काँग्रेसले त्यसलाई अस्वीकार गर्दै फिर्ता लिने निर्णय गरेको छ । सोमबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सामेल भएसँगै काँग्रेस बाहिरिएको थियो । प्रदेशसभामा काँग्रेसका २९ जना सांसद छन् ।

संगालोखबर 













