
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन मूल्य नौ हजार तीन सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार चार सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला तीन लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा दुई सय ६० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार आठ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला चार हजार पाँच सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













