संगालोखबर


विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसन र हेल्थ तथा हाइजीन प्रोडक्ट्स प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार हेल्थ तथा हाइजीन प्रोडक्ट्समा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य, संस्थापक तथा सम्बन्धित व्यक्तिहरूले जीवन विकास अस्पतालबाट प्रवाह हुने विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रशासन प्रमुख अनिता कुमारी गच्छदार, मार्केटिङ अफिसर कार्तिक चन्द मण्डल र आभाष सिंह तथा कम्पनीका तर्फबाट जनरल प्रबन्धकले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कम्पनीका कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूले चिकित्सकीय परामर्श तथा बहिरङ्ग सेवा तथा निदानात्मक, इमेजिङ तथा प्रयोगशाला परीक्षण छुट पाउने छन् ।

यस्तै आकस्मिक सेवा, शय्या सुविधा र भर्ना सेवा, शल्यक्रिया तथा अपरेशन थिएटर प्रयोग, विशेषीकृत सघन उपचार सेवा र अस्पतालमा उपलब्ध तथा चिकित्सकीय रूपमा आवश्यक अन्य सम्पूर्ण स्वास्थ्य सेवाहरूमा छुट हुने सहमति भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!