संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-४ दूध फारमबाट मोटरसाइकल चोरी भएको छ । भदौ १ गते सोमबार विकास बाँस्तोलाको नाममा रहेको मे १० प ३५ नम्बरको मोटरसाइकल घरबाटै चोरी भएको हो ।

लक लगाएर घरभित्र राखिएको मोटरसाइकल बिहान करिब ४ बजेतिर चोरी भएको बाँस्तोलाले जानकारी दिए । उनका अनुसार कालो रङ्गको एफजेड २५० सिसिको २०१७ मोडलको मोटरसाइकल हराएको हो ।

‘रातिको समयमा ह्यान्डिल लक तोडेर मोटरसाइकल चोरी भयो’, उनले भने, ‘खोजीका लागि प्रहरीमा पनि निवेदन दिएको छु । विराटनगरमा चोरीको बिगबिगी बढेको छ ।’

उनले मोटरसाइकल भेटाइदिनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेका छन् । ‘मोटरसाइकल भेटाइदिनेलाई ५० हजार पुरस्कारको घोषणा गरेको छु’, उनले भने, ‘भेट्टाउनु हुनेले नजिकको प्रहरी कार्यालय वा ९८४२७०१९७७ मा सम्पर्क गरिदिनुहुन आग्रह गर्दछु ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!