संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पालाई तोकेको छ ।

नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको बैठकले शेर्पालाई प्रवक्ता तोकेको हो । आजको बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र त्यसको तयारी गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद्ले विभिन्न तीनवटा समिति समेत बनाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता शेर्पाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!