संगालोखबर


काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले यस्तो माग गरेका हुन् ।

उनले गाँजा खेतीका लागि आवश्यक कानुन र विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद राईले गाँजा खेतीकै कारण धनकुटाका युवा कानुनी झमेलामा परेको र जेल भरिएको भन्दै चिन्ता व्यक्त गरे ।

‘१८ देखि ३० वर्ष उमेर समूहका धेरै युवाहरू जीविकोपार्जनका लागि गाँजा खेती गर्दा आज जेलमा छन् । यसले गर्दा धनकुटाका जनतामा निराशा र त्रास छाएको छ’, उनले भने ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघले गाँजालाई लागूऔषधको सूचीबाट हटाएर औषधीय गुण भएको वनस्पतिका रूपमा प्रमाणित गरिसकेको उनले बताए ।

‘सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । गाँजाबाट बनेका जुत्ता, मोजा र टोपी जस्ता सामग्रीहरू प्रयोगमा आइसकेका छन्’, उनले भने, ‘सामग्री प्रयोग गर्न हुने तर यसको व्यावसायिक खेती र बिक्री गर्न किन नहुने ? यो गम्भीर प्रश्न हो ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!