
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन सोमबार कै मूल्यमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार आठ सय रुपैयाँ कायम भएको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार सात सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला चार हजार सात सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













