संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठन भएसँगै एमालेका दुई मन्त्री र एक राज्यमन्त्रीको मन्त्रालय परिवर्तन भएको छ । नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर सरकार पुनर्गठन भएसँगै दुई मन्त्रीको मन्त्रालय फेरिएको हो ।

एमालेबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्री बनेका उमाकान्त गौतम पनि स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । एमालेबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री तिलचन पाठक भने यथावत रहने छन् ।

अब आन्तरिक मामिला तथा कानून मन्त्रालय नेकपाका गोम्बु शेर्पाले समाल्ने छन् भने सामाजिक विकास मन्त्रीमा नेकपाकै गीता तिम्सिनालाई जिम्मेवारी दिइने भएको छ ।

यस्तै पर्यटन, वन तथा वातावरण मन्त्रालय नेकपाकै खिनु लङ्वा लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी जीवन आचार्यले पाउने भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!