संगालोखबर


विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कोशी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको नाम टुंगो लगाएको छ । नेकपाको कोशी प्रदेश कार्यालय र संसदीय दलको नेतृत्वबीच भएको छलफलले मन्त्री र राज्यमन्त्रीको नाम टुङ्ग्याएको हो ।

सहमति अनुसार इलामकी खिनु लङवा लिम्बू, मोरङका जीवन आचार्य र सोलुखुम्बुका गोम्बु शेर्पा र मोरङकी गीता तिम्सिना मन्त्री बन्ने निश्चित भएको छ । यस्तै सुनसरीकी सपना दर्जी राज्यमन्त्री बन्ने भएकी छन् ।

मन्त्रीसँगै मन्त्रालयको पनि टुङ्गो लागेको छ । जसअनुसार लिम्बुले पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । यस्तै आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालय, शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र तिम्सिनाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका हुन् ।

मन्त्रीहरूको सपथ आज अपरान्ह ४ बजे हुने जनाइएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!