
धनकुटा । धनकुटामा प्रहरीले मोटरसाइकलमा सवार दुई जना युवालाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ । आइतबार दिउँसो ४ः३० बजे धनकुटा नगरपालिका-९ मुलघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
धरानबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा रोकेर चेकजाँच गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषध बरामद भएसँगै मोटरसाइकल चालक धनकुटा नगरपालिका-५ बालमन्दिरका २४ वर्षीय मनकुमार राई र मोटरसाइकल पछाडि सवार सोही स्थानका २० वर्षीय विजय राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले विजयको साथमा रहेको झोलाभित्र लुकाइछिपाइ ल्याइएको ट्रामाडोल २२० क्याप्सुल, डिक्लोमाइन २०० क्याप्सुल र स्पास्पे १९ क्याप्सुल बरामद गरेको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।

संगालोखबर 












