संगालोखबर


विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीहरू आन्दोलित भएका छन् । हाटखोलास्थित कारागारको ‘बी ब्लक’ मा रहेका कैदीबन्दीहरूले विभिन्न माग राख्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनरत कैदीबन्दीहरूले कारागारभित्र हुने आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् । उनीहरूले कारागारको पूर्वी भागको छतमा चढेर नाराबाजी गरेका थिए ।

कारागारभित्र लागूऔषध लगायतका अवैध वस्तु लुकाएर राखिएको विशेष सूचनाका आधारमा आज बिहान करिब ४ः३० बजेदेखि सुरक्षा निकायले खानतलासी सुरु गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाल लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी खानतलासी गरिएको हो ।

खानतलासीबाट कुनै अवैध वस्तु फेला नपरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेपछि उनीहरूले कारागारभित्रै आगो बालेर प्रदर्शन गरेका थिए ।

कैदीबन्दीको अवरोध र आन्दोलनका कारण स्थानान्तरण प्रक्रिया तत्कालका लागि रोकिएको छ । प्रहरीका अनुसार खानतलासी गर्न गएको टोली पनि फर्किसकेको छ । अहिले कारागारको अवस्था सामान्य बनेको डीएसपी मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!