
धनकुटा । धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ पाख्रीबास नगरपालिका-४ बाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय निरज भट्टराई र १८ वर्षीय आसन बरुवाल छन् ।
उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा साथबाट ट्रामाडोल १३० क्याप्सुल र स्पास्पेन १३० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ ।उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 












