
झापा । झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा झापा गाउँपालिका-३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो ।
शनिबार साँझ ना ५ ख ६४९० नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका-३ कामटोलीक ३६ वर्षीय फागुलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

संगालोखबर 











