
विराटनगर । धनकुटा नगरपालिका-१ हिले क्याम्पस छेउबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ शंकास्पद रूपमा बाटोमा हिँडिरहेका पाख्रीबास नगरपालिका-७ मुगा टोलका ३२ वर्षीय हरि तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट एक ग्राम ब्राउन सुगर बरामद भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको साथमा भएको मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका तामाङमाथि अदालतबाट म्याद थप गरेर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

संगालोखबर 













