संगालोखबर


महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवाना स्थित भित्री सडकखण्डमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ६ घाइते भएका छन् ।

आज बिहान करिब ७ः३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन शारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका-५ का अन्दाजी ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि बिके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!