संगालोखबर


विराटनगर । युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट दुई नेपालीले ज्यान गुमाएका छन् । उनीहरूको पहिचान खुलिसकेको छ ।

रेलको ठक्करबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी-५ पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका-२० बागबजारका २५ वर्षीय निश्चल तामाङको मृत्यु भएको हो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीलाई उद्धृत गर्दै रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूतले बताएका छन् ।

हाल मृतकहरूको शव बाकाउस्थित स्पितालुल दे गाइनोकोलोजिकको शवगृहमा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!