संगालोखबर


विराटनगर । स्थानीय प्रशासनले सुनसरीका दुई वटा गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आज बिहान १० बजेदेखि लागुहुनेगरि देवानगन्ज गाउँपालिकाका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् ।

साउन १० गते सुनसरीको देवानगन्जस्थित कप्तानगञ्जमा प्रहरीको गोली लागी दुई जनाको निधन भएपछि सुनसरीका विभिन्न स्थानमा तनाव उत्पन्न भएको थियो । तर अहिले सो क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!