
विराटनगर । संखुवासभा र मोरङबाट लुकाएर राखेको अवस्थामा प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले चैनपुर नगरपालिका-११ स्थित मलाटे सामुदायिक वनमा भीरको ओडारमा लुकाएको अवस्थामा तीन थान भरुवा बन्दुक बरामद गरेको हो ।
शनिबार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ओडारभित्र प्लास्टिकले बेरेर राखेको अवस्थामा तीन थान भरुवा बन्दुकसहित ५० ग्राम सिलाइको बारुद फेला पारेको थियो ।
यसैगरी मोरङको उर्लाबारी नगरपालिका-१ कत्लेस्थित जनज्योति सामुदायिक वनबाट बोरामा राखिएको एक थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने १३ थान धातुको किट र ४५ ग्राम ८८० मिलिग्राम बारुद प्रहरीले बरामद गरेको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको र बन्दुक राख्ने व्यक्तिको खोजी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













