संगालोखबर


विराटनगर । सुनसरीको अवस्था विस्तारै सामान्य बन्दै गएको छ । अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अधिकांश क्षेत्रमा जारी गरेको निषेध आदेश हटाएको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार अब देवानगन्ज, भोक्राहा नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम गरिएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम जारी गरिएको निषेध आदेश ती चार स्थानीय तहमा आइतबार बिहान ९ः३० बजेदेखि साँझ ७ बजेसम्म लागू हुने प्रशासनले जनाएको छ ।

यसअघि सुनसरीका १० स्थानीय तहमा लागू गरिएको निषेध आदेश सुरक्षा अवस्थाको समीक्षा पश्चात अन्य स्थानबाट हटाइएको हो । प्रशासनका अनुसार जिल्लाको समग्र सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको पाइएकाले निषेध आदेशको दायरा सीमित गरिएको छ ।

प्रशासनले निषेध आदेश कायम रहेका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!