संगालोखबर
साङ्केतिक तस्बिर

सुनसरी । सुनसरीको धरान-५ स्थित झरना चोकमा एक युवामाथि धारिलो हतियार प्रहार भएको छ । शनिबार साँझ ७ः३० बजेतिर स्थानीय २० वर्षीय नीलकमल राईलाई एक समूहले ढाँडमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो ।

आक्रमणमा सोही ठाउँका ४ जना युवाहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झरना चोकका २३ वर्षीय ‘जोनसेना’ (यकिन नाम नखुलेको), १९ वर्षीय सुमन लिम्बू, १७ वर्षीय हनक राई र वडा नम्बर-५ दशघरेका २३ वर्षीय किरण राईले युवकलाई धारिलो हतियार प्रहार गरेका हुन् ।

घाइते राईलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उनको अवस्था मध्यम रहेको र हाल अस्पतालको आइसीयुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरू फरार छन् । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!