संगालोखबर


धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ बाट ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ परेका छन् ।

जनता आवासका लागि बनाइएको खाली घरमा अवैध रूपमा भण्डारण गरी राखिएको अवस्थामा प्रहरीले आज दिउँसाे १ बजे गाँजा बरामद गरेकाे हाे ।

घर खानतलासी गर्दा ४८ वटा बोरामा प्याक गरी राखिएको अवस्थामा ८०४ किलो गाँजा फेला परेकाे धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।

गाँजा बरामद भएसँगै प्रहरीले छथर जोरपाटी गाउँपालिका-४ घर भई हाल चौबिसे गाउँपालिका-४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा र चौबिसे गाउँपालिका-४ कै ३४ वर्षीय आशिष विश्वकर्मालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप आवश्यक अनुसन्धान सुरू गरिएकाे प्रहरीले जनाएको छ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!