
सिरहा । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । आज दिउँसो प्रदर्शनका क्रममा गोली लागेर औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सिरहाका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ ।

संगालोखबर 













