संगालोखबर


विराटनगर । धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबीचको तनाव बढेपछि आज दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरि कर्फ्यु आदेश जारी भएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।  कर्फ्यु आदेश जारी भएको क्षेत्रमा कसैले आवतवावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा र घेराउ गर्न रोक लगाइएको छ ।

कोही कसैबाट आदेश उल्लंघन भएमा प्रचलित कानुन बमोजिम हुने सूचनामा उल्लेख छ । यसैगरी  सिरहाको गोलबजार आसपासका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!