संगालोखबर


विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा भएको घटनाक्रमलाई लिएर हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकामा सर्वपक्षीय बैठक बसेको छ ।

बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा तथा स्थानीय सरोकारवालाले संवादमार्फत समस्या समाधान गर्दै शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

हरिनगर गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले गाउँपालिकाका सातवटै वडामा शान्ति-सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि हुन नदिने निर्णय गरेको छ । बैठकमा कुटपिट, तोडफोड, आगजनी, लुटपाट तथा एकअर्काको धनमालमा हुने क्षति रोक्न सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो ।

गाउँपालिका अध्यक्ष गफार अन्सारीले सबै जातजाति, धर्म र समुदायलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न तथा शान्ति निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले हरिनगरमा कुनै पनि हालतमा शान्ति-सुरक्षा खलबलिन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपाल प्रहरी र स्थानीय प्रशासनलाई सुरक्षा व्यवस्था थप कडा बनाउन आग्रह गरिसकिएको बताए ।

यता, देवानगन्ज गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकमा पनि पछिल्लो घटनापछि उत्पन्न स्थानीय अवस्थाबारे छलफल भएको छ । गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले बैठकमा स्थानीयको धारणा सुन्ने र समस्याको समाधानका उपायबारे छलफल भएको जानकारी लिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!