संगालोखबर


विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा सरकारद्वारा गठित छानबिन समिति पुगेको छ ।

समितिले मृतकका परिवार, घाइते, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालासँग छुट्टाछुट्टै भेटघाट गरी घटनाको विस्तृत विवरण संकलन गरिरहेको हो ।

Advertisement

आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका छन् ।

घटनाको विरोधमा प्रदर्शन उग्र भएपछि गृह मन्त्रालयले सोमबार छानबिन गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । सोमबार नै विराटनगर आएको समितिले घट्नाका घाइतेलाई भेटेर बयान लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!