संगालोखबर


बाँके । बाँकेको कोहलपुर नगरपालिका-३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेका तीन जना मजदुरको मृत्यु भएको छ । आज बिहान दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र तीन जना मजदुर फसेका थिए ।

प्रहरीका अनुसार जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालिए पनि उनीहरूको मृत्यु भइसकेको थियो ।

Advertisement

मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ का करिब ४२ वर्षीय कालु थारु, २७ वर्षीय प्रकाश थारु र ३४ वर्षीय बिर्जा थारु छन् । घटनाको कारणबारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!