संगालोखबर


विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि दुहबीमा सद्भाव र्‍याली निकालिएको छ । सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मान कायम राख्न आग्रह गर्दै आज बिहान दुहबीमा सद्भाव र्‍याली निकालिएको हो ।

दुहवी क्षेत्रका विभिन्न सामाजिक तथा सामुदायिक संस्थाका प्रतिनिधि, अगुवा र स्थानीयवासीको सहभागितामा निकालिएको र्‍यालीले दुहबी बजार परिक्रमा गरेको थियो ।

Advertisement

सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय भेलाले सामाजिक सद्भाव कायम राख्न गरेको अपिलअनुसार र्‍याली आयोजना गरिएको सहभागीहरूले बताएका छन् ।

र्‍यालीका क्रममा सहभागीहरूले देवानगन्ज घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । साथै भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था, सामाजिक सचेतना र समुदायबीच आपसी विश्वास तथा सद्भाव कायम गर्न आवश्यक पहल गर्न सरकारसँग आग्रह गरिएको छ ।

सहभागीहरूले शान्ति, सहिष्णुता र सामाजिक एकतामार्फत मात्रै समाजमा स्थायी सद्भाव कायम हुन सक्ने भन्दै कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न सर्वसाधारणलाई अपिल गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!