
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-२ मान्दावा टोलबाट ७२ किलो ३५ ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति करिब ११ः५५ बजे भेडेटारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बु र साँगुरीगढी-३ मादेनका ३२ वर्षीय मदन याख्खा छन् ।
लिम्बुले चलाएको को २ ह १२९ नम्बरको अटोभित्र ५ वटा बोरामा प्याक गरेको अवस्थामा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
प्रहरीले याख्खाले चलाएको प्र १-०४-००१ प ४७९१ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । उनीहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 

















