संगालोखबर


सप्तरी । सप्तरीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका-५ बाट प्रहरीले ३ हजार ३३२.४६० किलो गाँजा बरामद गरेको हो ।

हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा ओसार-पसारमा प्रयोग भएका तीनवटा सवारी-साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रहरीका अनुसार बा प्र ०१-०२५ च ०४३६ नम्बरको स्कारपियोबाट १९ वटा बोरामा राखिएको ५ सय २३.६४० किलो गाँजा बरामद भएको छ ।

यस्तै प्र १-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा राखिएको १ हजार ६६८.११० किलो र बा प्र ०१-०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा राखिएको १ हजार १७०.७१० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ३ वटै गाडीका चालकहरू फरार रहेका जनाएको छ । प्रहरीले उनीहरूको खोजी तीब्र बनाएको छ । गाँजा भारततर्फ लैजान खोजिएको प्रहरीको अनुमान छ । कहाँबाट गाँजा ल्याइएको हो भन्ने खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!