
विराटनगर । झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति झापाले आज उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले बर्दियाको बढैयातालका र झापाको बुद्धशान्तिका भूमिहीनलाई लालपुर्जा वितरण गरेको थियो ।

संगालोखबर 

















