
महोत्तरी । महोत्तरीमा सर्पको टोकाईबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-१२ बिजलपुरा बस्ने चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापरको मृत्यु भएको हो ।
बुधबार साँझ घरछेउको अम्बाको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थाहा पाएपपछि परिवारले तत्काल उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । उपचारकै क्रममा विवेकको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
आर्थिक रूपमा अति विपन्न रहेका पीडित परिवारले करिब ७० हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शवसमेत बुझ्न नसकेको मृतकका आफन्तले जनाएका छन् ।

संगालोखबर 

















