सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-६ स्थित सिरान बजारका मनोज नारायण श्रेष्ठले तीन दशकभन्दा बढी समयदेखि दुर्लभ वस्तु, दस्तावेज र स्मृतिहरू संकलन गर्दै आफ्नै घरमा सङ्ग्रहालय स्थापन गरेका छन् ।

पुराना वस्तुलगायत धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेखलाई संकलन गरेर सङ्ग्राहालय बनाएका हुन् ।

Advertisement

सहिद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोज नारायणले सङ्ग्रहालय स्थापना गरेर पुराना सामानहरूको संग्रहसँगै धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेख बनाएका छन् ।

यहाँ पुग्ने जो-कोहीले विगतका पुस्ताको जीवनशैली, प्रविधि, आन्दोलन र समाजको विकासक्रमलाई अझ नजिकबाट बुझ्ने र ज्ञान प्राप्त गर्ने मौका पाउँछन् । सङ्ग्रहालयमा राणा शासनकालमा हिलेबाट धनकुटा सदरमुकामसम्म खानेपानी ल्याउन प्रयोग गरिएका माटाका पाइपदेखि चन्द्रशमशेरकालीन इँटासम्म छन् । त्यस्तै २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँग सम्बन्धित महत्वपूर्ण कागजातहरूसमेत राखिएको छ ।

विशेष गरी नेपाली काँग्रेसले राणा शासनविरुद्ध सञ्चालन गरेको सशस्त्र आन्दोलनमा त्यस समयमा श्रेष्ठका हजुरबुबाले तत्कालीन राजनीतिक कमिसनर गिरिजाप्रसाद कोइरालालाई उपलब्ध गराएको बन्दुकको भरपाईसमेत सुरक्षित सङ्ग्रह गरिएको छ ।

सङ्ग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता र इतिहासका शोधार्थीका लागि अध्ययन केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । चलनचल्तीबाट हराउँदै गएका वस्तुहरू नयाँ पुस्ताले क्रमशः विस्थापन गर्दै जाँदा तिनको महत्व बुझ्ने अवसर पनि घट्दै गएको छ ।

काँग्रेसका तत्कालीन पोलिटिकल कमिसनर कोइरालाले मनोजनारायणका हजुरबुबासँग भरपाई गरेर एक थान भरुवा बन्दुक र त्यसका गोली क्रान्ति सकिएपछि फिर्ता गर्ने शर्तमा कागज गरी लिएका थिए ।

तर क्रान्ति सकिएपनि बन्दुक श्रेष्ठको परिवारले फिर्ता नपाएको बताइन्छ । सङ्ग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता र इतिहासका शोधार्थीका लागि अध्ययन केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । चलनचल्तीबाट हराउँदै गएका वस्तुहरू नयाँ पुस्ताले क्रमशः विस्थापन गर्दै जाँदा तिनको महत्व बुझ्ने अवसर पनि घट्दै गएको छ ।

सङ्ग्रहालयले व्यक्तिगत रुचि मात्र नभई समुदाय र मुलुककै लागि महत्वपूर्ण दस्तावेजीकरण गरेको छ । सङ्ग्रहालयमा घरायसी प्रयोगका पुराना ग्रामोफोन, टेलिफोन, रेडियो, भाँडाकुँडा, काठ तथा माटोका सामग्री, कृषि औजार र दैनिक जीवनमा प्रयोग हुने वस्तु राखिएको श्रेष्ठले बताए ।

जसले गर्दा आजका पुस्ताले पुस्तकमा मात्र पढ्ने कतिपय सामग्रीलाई प्रत्यक्ष रूपमा हेर्न र बुझ्न सक्ने अवसर सङ्ग्रहालयले प्रदान गरेको छ ।

तीन दशक लामो यात्रामा २ सय बढी विभिन्न महत्त्वपूर्ण पुरातात्विक दस्तावेज र सामग्री संकलन गरी प्रदर्शनमा राखिएको उनले बताए । यस्तै करिब २ सयबढी दुर्लभ सामग्री र सहिद श्रेष्ठसँग सम्बन्धित कपडा, घडी, चिठीपत्र, व्यक्तिगत सामग्री तथा अन्य स्मृतिचिन्हहरू अत्यन्त सावधानीपूर्वक सुरक्षित राखिएको उनले जानकारी दिए ।

ती सामग्रीहरूले तत्कालीन राजनीतिक संघर्ष, परिवारले भोगेका पीडा र एउटा ऐतिहासिक कालखण्डको कथा बोकेको छ । २०३० साल चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्र सहभागी कार्यक्रममा भएको बम प्रहार घटनापछि भीमनारायण पक्राउ परेका थिए ।

संग्रहालयको अर्काे महत्वपूर्ण पक्ष भनेको धनकुटासँग सम्बन्धित दस्तावेजहरूको संग्रह पनि हो । विभिन्न समयमा प्रकाशित पुस्तक, पत्रपत्रिका, लेख, अनुसन्धान सामग्री तथा ऐतिहासिक दस्तावेजहरूको संकलनसमेत संग्रहलयमा गरिएको छ ।

उनीमाथि राज्यविरुद्धको गतिविधि तथा राजामाथिको बम प्रहारसम्बन्धी अभियोग लगाइएको थियो । विशेष अदालतले उनलाई मृत्युदण्डको फैसला सुनाएको थियो । २०३५ साल माघ महिनामा कोशी टप्पु पुर्याएर भीमनारायणलाई होली हानी मृत्युदण्ड दिइएको थियो । उनै श्रेष्ठको सम्मानमा छोरा मनोज नारायणले आफ्नै घरमा संग्राहालय स्थापना गरेका हुन् ।

संग्रहालयको अर्काे महत्वपूर्ण पक्ष भनेको धनकुटासँग सम्बन्धित दस्तावेजहरूको संग्रह पनि हो । विभिन्न समयमा प्रकाशित पुस्तक, पत्रपत्रिका, लेख, अनुसन्धान सामग्री तथा ऐतिहासिक दस्तावेजहरूको संकलनसमेत संग्रहलयमा गरिएको छ ।

सङ्ग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता तथा इतिहास विद्हरूको अध्ययन केन्द्रसमेत बन्दै गएको छ । धरान इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरू पुराना वास्तुकलाका नमुना अध्ययन गर्न यहाँ आउँछन् । यस्तै इतिहास र संस्कृति विषयमा अनुसन्धान गर्ने व्यक्तिहरू पनि सङ्ग्रहालय पुग्ने गरेका छन् ।

सङ्ग्रहालयमा आजभन्दा ६०-७० वर्षअघि खिचिएका धनकुटाका विभिन्न स्थानका पुराना तस्बिरहरू समेत राखिएको छ । जसले पुरानो धनकुटाको स्वरूप, सडक, बस्ती र जनजीवनसमेतको झल्को दिन्छ ।

उनको यो कामले धनकुटाको सामूहिक स्मृति, पहिचान र इतिहासलाई पनि संरक्षण गरेको छ । घरको एउटा कुनाबाट सुरु भएको संकलन आज एउटा सशक्त इतिहास केन्द्रमा रूपान्तरण भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!