
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसेमा नुहाउने क्रममा खोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय तुलबहादुर लिम्बूकी १२ वर्षीया छोरी जानकी लिम्बूको मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्थानका खानबहादुर लिम्बूकी १० वर्षीया छोरी रेसु लिम्बू र जानकी घरदेखि करिब २ सय मिटर उत्तर-पश्चिममा रहेको सभाखोलामा नुहाउन गएका थिए ।
त्यही क्रममा खोलाले जानकीलाई बगाएको थियो । घटनापछि खोजी गर्ने क्रममा पाँचखपन नगरपालिका-१ मा निर्माणाधीन दिव्यश्वरी हाइड्रोपावरको ड्यामको पश्चिमतर्फ ढुंगामा अड्किएको अवस्थामा जानकीको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका घटनामा जानकीसँगै नुहाउन गएकी १० वर्षीया रेसु लिम्बू भने सकुशल छिन् । जानकीको शव खोलाबाट निकालेर पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















