
धनकुटा । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत धनकुटाबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका-९ का २३ वर्षीय हिलसन राई छन् ।
उनलाई सोमबार दिउँसो सहिदभूमि गाउँपालिका-१ बाट प्रतिबन्धित औषधि ६० क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान जारी रहेको प्रहरीको भनाइ छ ।

संगालोखबर 



















