संगालोखबर
फाइल तस्बिर

धनकुटा। पारिवारिक विवादका कारण धनकुटाको तमोर नदीमा हाम फालेर आत्महत्या गर्न हिँडेका सुनसरीका एक पुरुषलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

सुनसरीको धरान उपमहानगरपालिका-११ बस्ने ४३ वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले सकुशल उद्धार गरेकाे हाे ।

Advertisement

उनले को १ ह ६५८४ नम्बरको अटो रिक्सा लिएर म तमोर नदीमा हाम फालेर मर्न जाँदैछु भनी घरपरिवारलाई फोनमार्फत जानकारी गराएका थिए।

सो जानकारी आज अपराह्न ४:३० बजे इलाका प्रहरी कार्यालय धरानमार्फत जिल्ला प्रहरी कार्यालय धनकुटालाई प्राप्त भयाे । सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले उनलाई धनकुटा नगरपालिका-९ स्थित तमोर नदीको पुलमा सकुशल फेला पारेको हो।

प्रहरीले उनलाई गुडिरहेको अटो सहित सुरक्षित रूपमा नियन्त्रणमा लिएर प्रहरी चौकी मूलघाटमा ल्याएको छ। उनका आफन्तजनलाई जानकारी गराइसकिएको प्रहरीले जनाएकाे छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!