सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आज साउनको पहिलो सोमबार देशैभरका शिवालय मन्दिरसँगै धनकुटाका शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउने सोमबारमा भगवान शिवको पुजा आराधना गर्न मन्दिरमा बिहानैदेखि भक्तजनहरू घुँइचो लागेको हो ।

धनकुटा बजारको शिवालय मन्दिर, मूलघाट स्थित विश्रान्ति मन्दिर, पाख्रीबास स्थित शिवमन्दिर र लेगुवास्थित नागेश्वर शिवालय मन्दिरमा बिहानै देखी भक्तजनहरूको भिड लागेको छ ।

Advertisement

छिमेकी जिल्लाबाट समेत विश्रान्ति मन्दिरमा भक्तजन आउने गरेको छन् । साउनको सोमबार विशेष गरी मुलघाटमा बोलबम आउने गरेको पाइन्छ । धनकुटा सदरमुकामसहित सातवटै पालिकामा रहेका शिवालय मन्दिरहरूमा पुजा आराधनाका लागि भक्तजनहरूको भिड छ ।

हिन्दु धर्ममा साउनलाई विशेष धर्मकर्मको महिनाका रूपमा लिने गरिन्छ । साउन महिनामा व्रत, दान र पूजापाठ गर्नाले बढी फल प्राप्त हुन्छ भन्ने विश्वास छ । यस वर्ष साउनमा ४ वटा सोमबार परेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!