संगालोखबर


धनकुटा । धनकुटाका पत्रकार गोपाल बराइलीलाई इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक सहयोग प्रदान गरेको छ । उनलाई आज इन्सेकले ७ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

महालक्ष्मी नगरपालिका-७ आन्द्रुङका पर्शु कार्कीले समाचारको विषयलाई लिएर गत असार ४ गते भौतिक आक्रमणको धम्की दिएपछि पीडित भएका पत्रकार बराइलीलाई न्यायिक प्रक्रियाका लागि सहयोग गरिएको इन्सेकले जनाएको छ ।

Advertisement

इन्सेकले स्थापना गरेको मानव अधिकार सहायता कक्षमार्फत पीडित पत्रकार बराइलीलाई सहयोग प्रदान गरिएको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले जानकारी दिए ।

रेडियो धनकुटा एफएमका सञ्चालक तथा स्टेसन मेनेजर बराइलीलाई आरोपित कार्कीले सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की तथा मानसिक दबाब दिएका थिए ।

पीडित पत्रकारको उजुरीका आधारमा असार १० गते पक्राउ परेका कार्कीलाई असार १५ गते अदालतले ६० हजार रुपियाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालत धनकुटामा मुद्दा चालु रहेको अवस्थामा मानव अधिकार रक्षकका लागि इन्सेकको सहयोग निकै महत्वपूर्ण भएको पत्रकार बराइलीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!