
पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका-१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेको बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन् ।
वर्षासँगै परेको चट्याङका कारण सोही स्थानकी अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी र ५५ वर्षीया रिता देवी सहनी घाइते भएका छन् । यस्तै ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी घाइते भएका हुन् ।
घाइतेहरूमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ । अन्य ६ जना घाइतेहरूको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूमध्ये कुश्मी देवीको अवस्था गम्भीर छ । प्रहरीका अनुसार अन्य पाँच जनाको अवस्था मध्यम छ ।

संगालोखबर 



















