सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको मुलघाटमा आज जलाउँदै गरेको चिता तमोर नदीको बाढीले बगाएको छ । धनकुटा नगरपालिका-६, आत्माराका गौरी रोक्काको मृत्यु भएपछि अन्त्येष्टिका लागि मुलघाट लगिएको थियो । मृतक रोकाको शव चितामा राखेर जलाउँने क्रममा आएको बाढीले शवसहितको चिता बगाएको हो ।

Advertisement

शव जलाउँने क्रममा नदीमा पानीको बहाव बढेर चिता बगाएको प्रत्यक्षदर्शी दीपक पोख्रेलले जानकारी दिए । उनका अनुसार नदी किनारमा बनाइएको चिता करिब ७५ प्रतिशत जल्दै गर्दा एक्कासि बाढी आएर बगाएको हो । नदीले बगाएर बीच भागमा पुऱ्याउँदा पनि चितामा आगो बलिरहेको थियो ।

सो क्रममा मुलघाटमा चार वटा शव जलाइँदै थियो । अर्को शव पनि बाढीले पल्टाएपछि हतारहतार तानेर बाहिर निकालिएको छ । त्यसपछि अलिक माथि चिता बनाएर शव जलाइएको छ ।

तमोर नदिमा आएको बाढीले केही वर्ष अघि त्यहाँका भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो । वर्षायाम सुरु भएपछि तमोर नदिमा पानीको बहाव बढ्दा दाहसंस्कारमा पनि समस्या हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!