संगालोखबर


झापा । झापाको भद्रपुर नगरपालिका-३ ज्ञान चोकबाट ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरिएको छ । प्रहरीले भीमलाल सुवेदीको घरमा अवैध तरिकाले भण्डारण गरेर राखिएको अवस्थामा ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट एसपी बसुन्धरा खड्काको नेतृत्वमा खटिएको टोलीले आइतबार साँझ सुवेदीको घरमा छापा हानेको थियो । त्यस क्रममा सुवेदीको घरका दुईवटा कोठा खानतलासी गर्दा ९ सय ४८ बोरा बिउ फेला परेको हो ।

Advertisement

प्रतिबोरा ४० किलोका दरले ३७ हजार ९ सय २० किलो खरबुजाको बिउ बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको बिउ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!