सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा बजारकाे हुलाक टोलमा सञ्चालित होटलहरूमा छड्के अनुगमन गरिएकाे छ । आज जिल्ला प्रशासन कार्यालयकाे नेतृत्वमा अनुगमन गरिएको हाे ।

Advertisement

अनुगमनका क्रममा अखाद्यवस्तु भेटिएपछि एउटा होटललाई जरिवाना गरिएकाे छ । जिल्ला अस्पताल नजिकै सञ्चालित काफ्ले होटलको भान्सामा सरसफाइ नभएको र पुरानो तेल प्रयोग गरि खानेकुरा बनाएको पाइएपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

सात वटा होटलहरूको अनुगमनका क्रममा म्यान गुज्रिएका खाद्यन्न र तयारी खानेकुरा जफत गरि नष्ट गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार सेवाग्रहीको अत्याधिक गुनासो आएपछि छड्के अनुगमन गरिएको हाे । होटलहरूमा मूल्यसूचि नराखेकाे पाइएकाे छ । उनीहरूलाई मूल्यसूची अनिवार्य राख्न निर्देशन दिँदै अखाद्यवस्तु नबेच्न निर्देशन दिइएकाे छ ।

आगामी दिनमा कैफियत पाइएमा जरिवाना गरिने प्रशासनले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालयकाे नेतृत्वमा भएकाे अनुगमनमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाका प्रतिनिधि सहभागी थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!