संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) बाट १० जना विचौलिया पक्राउ परेका छन् । उपचारमा आउने बिरामीहरू र आफन्तलाई निजी मेडिकलबाट सस्तोमा औषधी मिलाइदिने प्रलोभनमा दुःख दिने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

मंगलबार घोपाको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाँउपालिका-३ का ३७ वर्षीय रञ्जित कुमार चौधरी, राजविराज नगरपालिका–६ का की २७ वर्षीय रबिना मण्डल र भोजपुर आमचोक गाँउपालिका-८ का ३५ वर्षीय हस्त श्रेष्ठ छन् ।

यस्तै सुनसरीको धरान-१५ का २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका-३ का २९ वर्षीय सान्बिन किराती, धरान-६ का २३ वर्षीय मनिष बुढाथोकी र उदयपुरको चौदण्डीगढी नगरपालिका-५ का ४० वर्षीय उमेश कुमार चौधरी पक्राउ परेका हुन् ।

धरान-१७ का ३५ वर्षीय धिरोज निरौला, सुनसरीको इनरुवा नगरपालिका-२ का ३१ वर्षीय रोहित मेहता र धरान-११ का १८ वर्षीय विनोद भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!