
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-५ मा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा रामधुनी-५ का २९ वर्षीय साजन गौतमको मृत्यु भएको हो ।
मंगलबार महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०४-००१ प ७६१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-००१ ख ४१०२ नम्बरको बसको पछाडि ठोक्किएको थियो ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका साजनको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक मृतकका बुबा ५० वर्षीय बेदप्रसाद गौतम घाइते भएका छन् । प्रहरीका अनुसार उनको बायाँ हातमा चोट लागेको छ ।
प्रहरीले बस चालक उदयपुरको रौतामाई नगरपालिका-१ का ३७ वर्षीय धिरज कुमार तामाङलाई नियन्त्रणमा लिएको छ ।

संगालोखबर 

















