संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सेवा र विकासका लागि युवाको आयोजना तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यार्थीलाई वितरण गरिएको शैक्षिक सामग्री भारतीय जनता तथा भारत सरकारको सहयोगमा उपलब्ध गराइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार  विद्यालयमा अध्ययनरत १५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

Advertisement

उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । शिक्षा, सेवा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने आयोजकको भनाइ छ ।

कार्यक्रममा वक्ताहरूले शिक्षा नै सक्षम, सभ्य र समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै विद्यार्थीको गुणस्तरीय सिकाइका लागि सरकार, सामाजिक संस्था, स्थानीय समुदाय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्दिप गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष शान्तबहादुर कुँवर क्षेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सह-संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव तथा कोशी संगठन सचिव मनिष बन्जाडे, कोशी प्रदेश सह-सचिव नगेश राई, विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समिति अध्यक्ष, पूर्वप्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!