संगालोखबर


धनकुटा । धनकुटामा १५ प्रतिशत मात्रै धान रोपाईं भएको छ । कुल ४ हजार ९३८ दशमलव ८९ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६९१ हेक्टर क्षेत्रफलमा रोपाईं भएको हो ।

पर्याप्त वर्षा नभएका कारण धान रोपाईँ कम भएको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताए ।

Advertisement

धनकुटामा अधिकांश स्थानमा आकाशे पानीकै भरमा रोपाईँ गर्नुपर्ने बाध्यता छ । धनकुटाकाे तल्लो भू-भागका किसानले पानी नपरेका कारण राेपाईँ गर्न पाएका छैनन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!